'देवदहमा भूउपयोग योजना र भूमि अधिकार सम्बन्धी नीतिगत संवाद सम्पन्न'

३ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा भूउपयोग योजना र भूमि अधिकार सम्बन्धी नीतिगत संवाद सम्पन्न भएको छ। सोइया महिला स्वावलम्वी संस्थाको आयोजना, स्कुल लाइफ इन नेपालको सहयोग र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, काठमाडौंकाे सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख खरेलले राज्य अस्थिरताको कारणले नितिगत कुरा कार्यान्वयनमा समस्या हुने बताउनुभयो।  राजस्व निर्धारण गर्दा नम्बरी जग्गालाई आधार मानेर सुकुम्बासी जग्गाको मुल्य निर्धारण गरिएको उहाले बताउनुभयाे ।

सोहि अवसरमा बोल्दै नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकामा भूमिहीन दलित भूमिहीन सुकुम्बासीको रातो फारम ४२४ भरिएको र अव्यवस्थित बसोबासको १४ हजार ३५७ जनाको फारम भरिएको तथ्यांक दिनुभयो । उहाले यस संस्थाले आफ्नो स्थापना काल देखि नै महिलाहरुलाई विभिन्न सिपमुलक साथै नेतृत्व विकास हुने खालका तालिम दिएर आत्मनिर्भर बनाउने काम गरिरहेको भन्दै उहाले प्रशंसा समेत व्यक्त गर्नुभयाे।

कार्यक्रममा देवदह नगरपालिकाको नगर प्रवक्ता तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटी, ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ६ का वडा अध्यक्ष खेम थापा, वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डे, वडा नं ९ का वडा अध्यक्ष मोहन जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, जनप्रतिनिधि, देवदह नगरपालिकाका कर्मचारी, सोइया महिला स्वावलम्वी संस्थाको व्यवस्थापक मेनुका न्यौपाने, संस्थाका कार्यसमिति सदस्य तथा कर्मचारी, १२ वटा वार्डका २-२ जना वडा अगुवाकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरपालिकाको भूमि शाखाका कर्मचारी अमित तिवारीले नगरपालिकाले भूमि सम्बन्धि गरेको कार्यहरू प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै सामुदायिक आत्मनिर्भर केन्द्रको अभियान संयोजक कल्पना कार्कीले भूउपयोग योजना सम्बन्धि नितिगत व्यवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास नीतिगत व्यवस्थाको बारेमा आत्मनिर्भर केन्द्रको अभियान अधिकृत विश्वास नेपालीले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम परियोजना संयोजक सरिता सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी