'निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको कृषि उपज संकलन तथा सेवा केन्द्र भवन उद्घाटन'

३ वर्ष अगाडि

सुरज भट्टराई, देवदह // रुपन्देही देवदहमा निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ। देवदह ०८, पाकडीमा नवनिर्मित कृषि उपज संकलन तथा सेवा केन्द्र भवनको सनिवार एक कार्यक्रमका बिच लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीले उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख तुलाराम घर्तीले उत्पादनको आधारमा अनुदान दिने निति बनाएको बताउनुभयो। कृषक बनेर जीवन धान्न गाह्रो भएकाले युवाहरु पलायन हुने अवस्था सृजना भएको छ। राज्यले युवा पलायनलाइ रोक्नलाई फरक ढङ्गले सोच्न पर्ने बताउनुभयो। कृषिको विकास नभई देश विकास हुन नसक्ने भएकोले कृषि क्षेत्रलाई विकास गर्न जरुरी रहेको उहाले बताउनुभयो। उहाले केहि निजि फार्म संचालकहरूले ‘फाइल कृषि’ गरिरहेको बताउदै सभामुख घर्तीमगरले बास्तविक रूपमा माटोसंग खेल्ने ‘सोइल कृषक’ले राज्यबाट अनुदान पाउनुपर्ने धारणा व्यक्त समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले देवदहमा उत्पादित वस्तुलाई बजारीकरण गर्नु पर्छ भनेर अगाडि बढेको बताउदै कृषकहरुले उत्पादन गरेको कृषि उपजका बस्तुहरुलाई बजारीकरण गर्नका लागि शित्तलनगरमा रहेको भवनलाई कोशेली घरको रुपमा विकास गरेको बताउनुभयो। देवदह नगरपालिकाले पशु व्यवसाय गर्नुभएका कृषकलाई बोयर बोका र घास काट्ने मेसीनहरु वितरण गरेको समेत उहाले बताउनुभयो।

सो अवसरमा सहकारीद्वारा प्रकाशित भित्ते पात्रो समेत सार्वजनिक गरिएको थियो। सँस्थाकि उपाध्यक्ष सुन्दरी गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक राम प्रसाद पाण्डे, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डे, जिल्ला सहकारी संघको सञ्चालक समिति सदस्य प्रमोद खनाल लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।कार्यक्रम संस्थाको अध्यक्ष मोतिलाल ढकालको अध्यक्षता र सचिव सुभचन्द्र भुसालको संचालनमा थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी