'विश्वकप कृकेटको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई दियो १३८ रनको लक्ष्य'

३ वर्ष अगाडि

अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको अहिले भइरहेको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७  रन जोड्यो । पाकिस्तानका लागि सान मसुदले ३८, कप्तान बाबर आजमले ३२ र सदाब खानले रन बनाए । मुहम्मद रिजवानले १५ रन जोडे। मध्य क्रमका इफ्तिखर अहमदले खाता खोल्न सकेनन् ।

इङ्गल्यान्डका साम करनले ३ र अदिल रसिदले दुई विकेट लिए। बेन स्टोक्सको नाममा एक विकेट रह्यो । रसिदले चार ओभरमा र सामले ४ ओभरमा रन दिए ।

पाकिस्तानले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको थियो । बाबर र सान मसुदले तेस्रो विकेटका लागि ३९ तथा सदाब खान र जिसन मसुदले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो ।

१६ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको पाकिस्तानले त्यसपछिका दुई ओभरमा ८ रन जोडेको थियो भने दुई विकेट गुमाएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ