'विकासका सन्दर्भमा सबैको साझा भई काम गरेको एमाले नेता पौडेलको भनाई'

३ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिष्णु पौडेले बिकासका सन्दर्भमा एउटा पार्टीको मात्रै नेता नभई सबैको साझा बन्ने बताउनुभएको छ । ‘म बिकासको सन्दर्भमा एउटा पार्टीको नेता बन्दिन । हिजो पनि यहाको बिकासको लागि सबैको साझा बनेको हुं, अव पनि म सबैको साझा नेता बन्ने छु’ – पौडेलले भन्नुभयो।

बुटवलमा युवा उद्यमीहरुले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले आफु मुलुकको समग्र बिकासको एजेण्डा बोकेर हिडेको बताउनुभयो।
‘रुपन्देही बिकासको रोल मोडल हो त्यो देशभरी हुनपर्छ, त्यसैले रुपन्देहीको बिकासको रोलमोडल देशब्यापी बनाउन एउटा पार्टी भित्र मात्रै सिमित रहनु हुदैन भन्ने मान्यता हो’ – पौडेलले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा युवा उद्यमीहरुले उठाएको प्रश्नको जवाफ दिदै पौडेलले पछिल्लो समय गठबन्धन सरकारको नालायकीले उद्योग ब्यवसाय मात्रै नभएर मुलकको आर्थिक अवस्था नै तहस नहस भएको बताउनुभयो।

वहाँले ‘गठबन्धन सरकार बने यता मुलुकको आर्थिक क्षेत्र तहसनहस बन्ने क्रम सुरु भयो अहिले चरम आर्थिक संकटबाट मुलुक हिडिरहेको छ । यो समस्या पार लगाउन मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा सरकार बने मात्र सम्भव छ’ – पौडेलले भन्नुभयो।

पौडेलले आफु अर्थमन्त्री हुंदा शिक्षित बेरोजगार युवाहरुका लागि शैक्षिक योग्यता प्रमाणपत्र धितो राखेर ऋण दिने प्रवाहको कार्यक्रम ल्याएको बताउदै उक्त कार्यक्रमले युवाहरुलाई उद्यमशिल बनाउन कोशेढुंगा सावित भएको बताउनुभयो । ‘मैले शैक्षिक योग्यता भएका तर प्राविधीक ज्ञान र सिप नभएका युवाहरुलार्ई सिपमुलक तालिम दिएर उद्यमशिल बनाउने तथा शैक्षिक योग्यता प्रमाण पत्र लिएर बसेका तर लगानी गर्न सक्ने आर्थिक अवस्था नभएका युवाहरुलाई योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने ब्यवस्था मिलाएको हुं’ – पौडेलले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार एजाज आलम, एमाले निकट राष्ट्रिय उद्योग ब्यवसायी संगठनका केन्द्रिय कमिटी सचिव बालाराम भटराई, लुम्विनी उद्योग परिसंघका बावुराम बोहोरा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत