'राप्रपा, एमाले र जसपाका उम्मेदवारलाई जिताउन ३ दलिय संयन्त्र'

४ वर्ष अगाडि

भैरहवा । रुपन्देही जिल्लाको क्षेत्र नं ३ क मा राप्रपा, र जसपाका उम्मेदवारलाई जिताउन ३ दलीय संयन्त्र बनेको छ। ३ दलिय पार्टी नेताका अनुसार दलका उम्मेदवारलाई जिताउनका लागि उच्च स्तरिय संयन्त्र बनेको हो। नेकपा एमाले, राप्रपा र जसपा आफै पनि क्षेत्र नं ३ मा अरु सत्ता गठबन्धन भन्दा जनमतका हिसाबले २ गुणा अंगाडी भएका दल हुन्, अब कार्ययोजनाका साथ अगाडी बढिने एक नेताले बताए।

क्षेत्र नं ३ प्रतिनिधी सभा सदस्यका पदका उम्मेदवार दिपक बोहरालाई जिताउन, क्षेत्र नं ३ क प्रदेश सभा सदस्यका उम्मेदवार जसपाका नेता महेन्द्र यादवलाई जिताउन, क्षेत्र नं ३ ख मा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सीप्रसाद चौधरीलाई जिताउनका लागि प्रदेश क को ३ दलिय संयन्त्र बनेको राप्रपाका जिल्ला उपाध्यक्ष अजय गुप्ताले बताए । ३ दलिय संयन्त्र ३ सदस्यीय बनेको छ । जसमा जसपाका जिल्ला उपाध्यक्ष सियाराम यादव संयोजक, राप्रपाका जिल्ला उपाध्यक्ष सदस्य र नेकपा एमालेका जिल्ला कमिटी सदस्य सोहन थारु सदस्य रहेका छन्।

क्षेत्र नं ३ (क)का तीन दलिय संयन्त्रका संयोजक सियाराम यादवले अब संयन्त्रले आवश्यकता अनुसार संगठन बिस्तार गर्ने, संगठनलाई पूर्णरुपमा परिचालन गर्ने बताए । हामी ३ दलका नेता छौँ हाम्रा उम्मेदवारलाई विजयी बनाउन जनवर्गिय सगठन परिचालन गर्ने देखि बिभिन्न तरिकाले हामी काम गछौँ यादवले भने। हामी गहन ढंगले हाम्रा कामलाई अंगाडी बढाउँदै हाम्रा संगठनलाई पूर्णरुपमा परिचालन गरि अत्यधिक बहुमतका साथ हाम्रा उम्मेदवारले चुनाव जित्ने गरि संगठनलाई अब पूर्ण परिचालन गर्छौ । यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावमा नेकपा एमाले, राप्रपा र जसपाले आफ्ना उम्मेदवारलाई जिताउन छलफल, बैठक तथा वडा कार्यालयलाई परिचालन गरिरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो