'रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गर्छौ : बिष्णु पौडेल'

४ वर्ष अगाडि

रुपन्देही । रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गरिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनु भएको छ। उहाले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई दीगो रुपमा समाधान गर्ने गरी नेकपा एमालेको सरकारले काम शुरु गरेपनि सरकार परिवर्तन हुदा ओझेलमा परेको बताउनु भयो। रुपन्देही क्षेत्र नम्वर २, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका पौडेलले निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने र विगतका दिनमा अगाडि सारिएका कामलाई पूर्णता दिने बताउनु भयो।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको प्रतिनिधि सभा, प्रदेश सभा संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो। नेता पौडेलले रुपन्देहीको क्षेत्र नम्वर १, विकासको हिसावले अगाडि बढिरहेको बताउदै दक्षिण र उत्तर जोड्ने गरी रोहिणी करिडोरको अवधारणालाई अगाडि सारेको बताउनु भयो। उहाले नेकपा एमालेको सरकारले लुम्विनी बौद्धविश्व विद्यालय देवदहमा स्थापना गरेको बताउदै विश्वविद्यालयलाई आवश्यक पर्ने जग्गा सरकारले प्रदान गरेको बताउनु भयो ।

सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले आफनै पार्टीको सरकारलाई गिराएर प्रतिपक्षलाई सुम्पनेहरुबाट विकासको आशा गर्न नहुने बताउनु भयो। घनश्याम भूषालले उम्मेदवारको लागि पार्टी छोडेर राजनीतिक बेईमानी गरेको उहाले आरोप लगाउनु भयो। नेता विश्वकर्माले सत्तागठबन्धनले साझा उम्मेदवार अगाडि सार्न नसकेको बताउदै स्वतन्त्र उम्मेदवारलाई आत्मसाथ गरेर गल्ती गरेको बताउनु भयो। उहाले दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नभएको बताउदै राजनीतिक वेईमानीहरुलाई जनताले मंसीर ४ गते कार्वाही गर्ने बताउनु भयो। उहाले रुपन्देहीको क्षेत्र नम्वरलाई उत्तर र दक्षिण जोड्नको लागि दशगजाबाट विकासको काम शुरुवात गरेको बताउनु भयो। उहाले गठबन्धनले सृजना गरेको भ्रमलाई चिर्दै निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा प्रदेश १(२) का उम्मेदवार दधिराम न्यौपाने, प्रदेश १(१) का उम्मेदवार आशिषकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सहामहामन्त्री ताहिर अली, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं रोहिणी गाउपालिका प्रमुख विद्यालप्रसाद यादव लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा