'पाल्पा २ मा गैरे र पाण्डेको उम्मेदवारी'

४ वर्ष अगाडि

पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य ठाकुर गैरे र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ । गैरे र पाण्डेले जिल्ला सदरमुकाम तानसेनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो । गैरेसंगै प्रदेश सभाको लागि २ को (क) बाट फर्सुराम भट्टराई र २ कै (ख) बाट ओम बहादुर घर्तिले मनोनयन दर्ता गर्नु भएको छ । एमाले नेता गैरेसँग गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराउनुभयो । पाण्डे सङ्गै प्रदेशसभातर्फ गठबन्धनबाट  प्रदेश (क) मा काङ्ग्रेसका बिरबहादुर राना र (ख) मा ने क पा माओवादीका तुलाराम घर्तीले उम्मेदवारी दर्ता गराउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा