'१५ वर्षपछि बस्तीमा बिजुली'

४ वर्ष अगाडि

पाल्पा। पाल्पा निस्दी गाउँपालिका – ४ , मित्यालको , लामेदमारमा १५ वर्षपछि बिजुली बलेको छ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार यहाँको ५५ घरमा बत्ती बलेको हो।

बिजुली बत्ती बलेपछि गाउमा खुसीयाली छाएको स्थानीय लिल बहादुर आलेले बताउनुभयो। उहाले भन्नुभयो,’अब त बत्ती बलेको देख्ने आश मरिसकेको थिएँ , तर अहिले सपना झै लागेको छ।’ लामो समयको पर्खाइमा बत्ती बल्न पाएपछि धेरै ठूलो राहत महशुस गर्नुका साथै स्थानीयहरु खुशी भएको जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आलेले बताउनुभयो । यहाँको लामेदमार , बेलखरक , गोठडाँडा , खोर्मोक , रिपाहा , पोखरादहर , थोक्सिबास गाउँका करिब १ सय घरमा बत्ती बल्नुपर्नेमा केही टोलमा वयरिङको काम नसकेकोले एकै चरणमा बत्ती बल्न नपाएको कार्यपालिका सदस्य हेम कुमारी सुनारीले बताउनुभएको छ ।

सामुदायिक विधुतिकरण लामेदमार ट्रान्समिटरको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बत्ती बल्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभएको छ । साथै सारुले निस्दीमा चाडो बिद्युत सेवा विस्तार गर्न सबैको सहयोग र सहकार्यको निरन्तर खाँचो रहने बताउनुभएको छ । यहाँको ५ वटा वडामा विद्युत बल्ने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्था गल्धाले लिएको छ। निस्दीको ७ वडामध्ये ५ वटा वडामा बिद्युतिकरण हुन बाकि रहेको सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ