'केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवाको सुरु'

४ वर्ष अगाडि

देवदह //रुपन्देहीको देवदहमा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको छ । केरवानी स्वास्थ्य चौकिको आयोजना र देवदह मेडिकल कलेज भलुहिको प्राविधिक सहयोगमा साप्ताहिक विशेषज्ञ सेवाको सुरु भएको हो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर राकस्कोटीको अध्यक्षता र देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा देवदह मेडिकल कलेज भलुहिका अध्यक्ष गोपाल बहादुर पोखरेल, देवदह नगरप्रवक्ता गणेश डुम्रे, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले शुभकामना व्यक्त गरेका थिए।

आजबाट सुरु भएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक, रेडियोलोजीस्ट चिकित्सक लगायतका चिकित्सकद्वारा बिरामी जाँच तथा उपचार सेवा संचालन गरिएको हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीले बताए । अब आगामि हप्ता पेट छाती तथा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डाक्टर सहितको विशेषज्ञ सेवा को लागि तयारी भइरहेको समेत उनले बताए ।

हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीको स्वागत र अहेव उमानन्द भुसालकाे संञ्चालन कार्यक्रम भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो