'लायन्स क्लव अफ देवदहद्धारा निशुल्क मधुमेह तथा वि.पी. परीक्षण कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // लायन्स क्लव अफ देवदहले आफ्नो वार्षिक कार्यक्रम तथा डिष्ट्रिक्टको कार्यक्रम अन्तर्गत निशूल्क मधुमेह तथा वि.पि. परीक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । भाद्र २५ गते देखि कोलिय देवदह साकोसको शाखा स्तरिय वार्षिक साधरण सभामा क्लवले साकोस सँग सहकार्य गरि एक कार्यक्रमकोे बिच निशुल्क शिविरको आज समापन गरेको छ।

शुक्रवार समापन कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्लवका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लव इन्टरनेशनल ३२५ पि का डिष्ट्रिक्ट एडभाइजर लायन विष्णु प्रसाद पौडेलले क्लवले स्थापना कालदेखि विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको र यो बर्ष पनि डिष्ट्रिक्टको कार्यक्रमलाई समेटेर क्लवले आफ्ना सामाजिक कार्यक्रम अगाडी बढाइरहेकोमा क्लवलाई धन्यवाद दिनुभएको थियो। क्लबले आयोजना गरेको निशुल्क शिविरबाट अत्याधिक देवदहवासीले स्वास्य लाभ लिइरहेको प्रति खुशी व्यक्त गर्दै यस्तै प्रत्यक्ष जनसमुदायमा प्रभाव पार्ने खालको रचनात्मक कार्यक्रमहरु गर्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट ड्युपुटी ट्रेजरर लायन ऋषिराम सापकोटा, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुमान सिंह के.सी., पूर्व अध्यक्ष तथा जोेन चेयर पर्सन राम बहादुर गुरुगं, आई.पी.पी. लायन बिनोद थापा मगर, कोलिय देवदह साकोसका अध्यक्ष शुभकान्त न्यौपाने, कोषाध्यक्ष प्रजापति सापकोटा, भीम गुरुगं, प्रकाश अर्याल, बिनोद पराजुली, बुद्धिसागर अर्याल, राजु रेग्मी लगायतकोे उपस्थिती रहेको थियो ।

भाद्र २५ गतेदेखि सुरु भएको परीक्षण शिविरमा ३१५९ जनाले मधुमेह तथा वि.पी. परीक्षण गरि स्वास्थ्य लाभ लिएकोे कार्यक्रम संयोजक जस बहादुर पुनले जानकारी दिनुभयो । क्लवले यस अगाडी निशुल्क आँखा शिविर पनि सम्पन्न गरिसकेको र लगत्तै बालबालिकाको क्यान्सर रोग सम्बन्धि शिविर पनि सञ्चालन गर्ने क्लवका अध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीले बताउनुभयो। क्लबले सञ्चालन गरेको निशुल्क मधुमेह तथा वि.पी. परीक्षणमा देवदह मेडिकल कलेज, केरवानी स्वास्थ्य चौकीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रम क्लवका अध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीको अध्यक्षता, प्रथम उपाध्यक्ष लायन मन बहादुर क्षेत्रीको स्वागत, कार्यक्रम संयोजक जस बहादुर पुनको धन्यवाद र सचिव गणेश क्षेत्रीको सञ्चालनमा सम्पन्न भएकोे थियोे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा