'प्रभु बैंक लिमिटेड र श्रीकृष्ण पोलि क्लिनिक प्राली बिच सम्झौता'

४ वर्ष अगाडि

देवदह // प्रभु बैंक लिमिटेड र देवदह स्थित श्रीकृष्ण पोलि क्लिनिक प्रालिका बिचमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञवाली र श्रीकृष्ण पोलि क्लिनिक प्रालिका तर्फबाट अध्यक्ष कृष्णप्रसाद गैंरेद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका ग्राहकहरुलाई श्रीकृष्ण पोलि क्लिनिक प्रालिद्धारा सञ्चालित डिजिटल एक्स–रे, भिडियो एक्स–रे र इसीजी सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै ओ.पि.डीमा चिकित्सक शूल्क टिकटमा ५० प्रतिशत, र ल्याब परीक्षणमा १५ प्रतिशत साथै औषधीमा ३ देखि ५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको क्लिनिकका अध्यक्ष गैरेले बताउनु भएको छ ।

सम्झौता अनुसार प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा श्रीकृष्ण पोलि क्लिनिक प्रा. लि.का उल्लेखित सेवाहरुमा छुट प्राप्त हुने व्यवस्था मिलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी