'एमाले दाङबाट प्रत्यक्षमा २४ र समानुपातिकमा ५४ जना सिफारिस'

४ वर्ष अगाडि

दाङ । नेकपा एमाले दाङले आउँदो मंसिर ४ गते हुन लागि रहेको संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षमा २४ र समानुपातिकमा संघमा २४ जना र प्रदेशमा ३० जना गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

प्रत्यक्ष तर्फ दाङ क्षेत्र नम्वर २ संघीय निर्वाचनका लागि पार्टी महासचिव शंकर पोख्रेलको नाम एकल सिफारिस गरिएको छ । यसैगरी दाङ क्षेत्र नम्वर २ क प्रदेशमा पनि प्रदेश निर्वाचनका लागि नेता बलिभद्र रानाको नाम एकल सिफारिस गरिएकोे छ । यस बाहेक क्षेत्र नम्वर १ मा प्रत्यक्ष तर्फ एमाले नेतृ शान्ता चौधरी, गंगा थारु र रेवती रमण शर्माको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्वर १ क, तर्फ प्रदेश निर्वाचनका लागि गंगाराम भट्टराई, मोहनप्रसाद पाण्डे र खिमबहादुर केसी, १ को ख मा कुलबहादुर केसी, रतन केसी र सरस्वती गौतमको नाम सिफारिस गरिएको छ । यसैगरी क्षेत्र नम्वर २ को ख मा लक्ष्मण आचार्य, गिरिराज केसी र तुलसा केसीको नाम सिफारिस गरिएको छ । यसैगरी क्षेत्र नम्वर ३ को संघीय निर्वाचनका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेताहरु घनश्याम पाण्डेय र कोमल वलीको नाम सिफारिस गरिएको नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिनुभयो ।

क्षेत्र नम्वर ३ को क मा प्रदेश सभाका लागि कृष्ण भुसाल, तुलसा पोख्रेल, बिनोद शर्मा र नवराज लामीछाने, ख मा हुकुम बहादुर बस्नेत, मेघराज भुसाल र धमकली चौधरीको नाम सिफारिस गरिएको छ ।

५४ जनाको समानुपातिक सिफारिस

यसैबीच नेकपा एमाले दाङले समानुपातिक तर्फ संघमा २४ जनाको नाम सिफारिस गरेको छ । प्रदेशमा ३० जनाको नाम सिफारिस गरिएको एमाले सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । एमाले दाङले संघमा खस आर्य पुरुष तर्फ नेत्रमणि लामिछाने, टोपेन्द्र बहादुर खत्री, हेमराज बञ्जाडे, खसआर्य महिला तर्फ मेनका पोख्रेल, सिता सिग्देल न्यौपाने, माया शर्मा आचार्य, रेखा शर्मा, एञ्जीला थापा, जनजाति पुरुष तर्फ रामजी चौधरी, सविन प्रियासन, कालीबहादुर घर्ती मगर, धुर्वराज श्रेष्ठ भारी, सुन्दर चौधरी, जनजाति महिला तर्फ हिरादेवी पुन, आश्मा चौधरी, दलित पुरुष तर्फ जितेन्द्र मान नेपाली, पदमबहादुर नेपाली, दलित महिला तर्फ निर्मला बिक, लिला बिक, मधेशी पुरुष तर्फ रामदयाल गुप्ता, सहजराम अहिर, मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी, पुरुष मुस्मितर्फ अव्जरर अलि मियाको नाम सिफारिस गरिएको छ ।

यसैगरी प्रदेशमा खसआर्य तर्फ शुम्भु गौतम, नारायण भुसाल, जगतप्रसाद पोख्रेल, डिल्लीबहादुर खड्का, भेषराज खत्री, खसआर्य महिला तर्फ मदा न्यौपाने, उसा खरेल अधिकारी, शारदा शाह, सिमा न्यौपाने, जनजाति पुरुष तर्फ बिबेक श्रेष्ठ, मोहन बुढा, भागिराम चौधरी, खगेश्वर घर्ती, बिरबहादुर चौधरी, बुद्धिप्रकाश चौधरी, धुपनारायण चौधरी, विकास चौधरी, साधुराम चौधरी, जनजाति महिला तर्फ सीता चौधरी, यमुना घर्ती मगर, सरिता चौधरी, दलित पुरुषतर्फ चूर्णबहादुर नेपाली, गोविन्द विक, दलित महिला तर्फ युवा सुनार, लिला बिक, मधेशी पुरुष तर्फ माधवप्रसाद गुप्ता, आरके पाण्डेय र रामबरण बैश्य, मुस्लिम पुरुष तर्फ नसिब अहमद मनियार सिफारिस गरिएको एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।

 

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री