'गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस'

४ वर्ष अगाडि

गुल्मी। नेकपा एमालेले संघीय निर्वाचन गुल्मी क्षेत्र न १ बाट प्रदिप कुमार ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रिय उपमहासचिव समेत रहेका नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतीमा भएको हो ।

आज गुल्मीको रिडिमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचीव यज्ञ पाण्डेले जानकारी दिनुभयो । बैठक बसिरहेको र प्रदेश उम्मेदवारको बिषयमा छलफल भैरहेको सचिव पाण्डेले जानकारी दिनुभयो ।
उता क्षेत्र नम्वर २ मा भने पार्टी सचिव गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतम सहित तीन जना सिफारिस भई सकेका छन् ।

क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, पुर्व मेयरद्धायः डिल्लिराज भुसाल, र सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् । प्रदेश (ख) मा केन्द्रिय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल , खिमान्नद भण्डारी, लोक बहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित