'प्रधानन्यायाधीश जबराको अभिव्यक्ति सीमाभन्दा बाहिर : काङ्ग्रेस नेता मिन विश्वकर्मा'

४ वर्ष अगाडि

नेपाली का‌ंग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् ।

‘उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमा भन्दा बाहिर गएर बोल्नुभयो । न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो’ उनले भने ।

सिफारिस समितिका सदस्यसमेत रहेका विश्वकर्माले महाअभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने बताए । सांसद विश्वकर्माले प्राप्त कागजातहरुको अध्ययनका लागि समितिलाई केही समय अझै लाग्ने बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा