'उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकलाई सास्ती'

४ वर्ष अगाडि

रुकुम । उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् ।वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन् । अहिले उत्तरगङ्गा नदीको बहाव झन् बढेको छ ।

अहिले रुकुमकोटबाट तकसेराका लागि जाने सवारीसाधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगङ्गा पारिपट्टिबाट अर्को सवारीसाधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताइन् । उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् । पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ । अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ । अहिलेसम्म पुल नहुँदा उत्तरगङ्गा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन् ।

मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगङ्गा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ । यस वर्ष पनि उत्तरगङ्गाको बहाव बढेसँगै उत्तरगङ्गा पारिपट्टि चल्ने सवारीसाधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताए । यो सहिद मार्गअन्तर्गतको रुकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगङ्गामा मुख्य सडक हो ।पुल निर्माणका लागि डिपिआर भइसकेको थियो । हालसम्म पनि पुल निर्माण हुनसकेको छैन । पुल बनाउने प्रक्रिया सुरु भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए ।

अब भने छिट्टै पुल निर्माणको प्रक्रिया सुरु हुने अध्यक्ष घर्तीले बताए । पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेरा बीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो