'५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : माधव नेपाल'

४ वर्ष अगाडि

बुटवल । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । ५ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले अब हुने संघ तथा प्रदेशको निर्वाचनसम्म यो कायम रहने दोहोर्याए ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार।सम्मेलनमा बोल्दै नेपालले सम्वन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे । एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए । उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको बताउँदै थप सफलता प्राप्त गर्ने दाबी समेत गरे । उनले गठबन्धन आवश्यकता अनुसार भएतापनि स्थानीय तहमाफआफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ