'देवदहको विकासका लागि हिराबहादुर खत्रीको प्यानलको जितको आवश्यकता रहेको: देवदह १० का स्थानीय'

४ वर्ष अगाडि

देवदह । देवदहको विकासका लागि हिराबहादुर खत्रीको प्यानलको जितको आवश्यकता रहेको देवदह १० का स्थानीयले बताएका छन । देवदह १० को विभिन्न स्थानमा भएको मेयर उपमेयर सहितको गठबन्धनको घरदैलोका क्रममा स्थानीले सो कुरा बताएका हुन ।

२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित हिराबहादुर खत्री र वडा नं १० का अध्यक्ष एकबहादुर सुनार लगाएतको समितिले पिछडिएको वडा अन्तर्गत पर्ने देवदह १० मा विकास भएको भन्दै स्थानीयले खुशि व्यक्त गरेका थिए । २०७४ सालको स्थानीय चुनाव अगाडी वडामा थुप्रै खालका समस्या थिए तर अहिले विस्तारै विकासका कामहरु भइरहेको भन्दै स्थानीयले देवदहमा विकासको लहर ल्याउन पुनः हिराबहादुरको जित हुनुपर्ने बताएका थिए । पहिला हाम्रो वाड देवदहको अविकसित वाड अन्तर्गत पर्दथ्यो तर अहिले हाम्रो वाड विकसित वाडको रुपमा अगाडी छ भन्दा फरक पर्दैन अब फेरी ंंपनि हामी नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनले जितोस र अब बाकी रहेका कामपुरा हुन भन्दै स्थानीयले शुभकामना दिएका थिए ।

सो अवसरमा बोल्दै गठबन्धन तर्पmका उमेदवार हिराबहादुर खत्रीले जनताको ईच्छा, चाहना र आवश्यकता अनुसारनै काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । देवदह पर्यटकीय सुन्दरताले भरिपूर्ण नगर भएको भन्दै देवदहमा आन्तरीक र वाहय पर्यटनलाई आर्कषित गर्ने खालका पर्यटकीय स्थलको संरक्षण, सम्बद्र्धन र विकास गर्दै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउने बताउनु भयो । उहाले पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गर्ने गठबन्धनको लक्ष्य रहेकाले आप्mनो गठबन्धनलाई विताउन उहाले आग्रह गर्नु भएको थियो । नेता खत्रीले देवदह नगरका बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउनको लागि आधारभूत शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निःशुल्क गर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

आज अपराह्न ४ बजेदेखि तीव्र हावाहुरी: धेरै प्रदेशका जिल्ला प्रभावित हुने

बुटवलमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एकजना घाइते

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु