समाज

रुपन्देही–२ मा राप्रपाले कसैलाई पनि समर्थन गरेको छैन (भिडियो सहित)

राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर २ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई समर्थन नगरेको दावी गर्नुभएको छ । उहाँले केन्द्रदेखि जिल्लासम्म कुनै पनि दललाई समर्थन गर्ने कुरा नभएकोले कसैलाई पनि समर्थन नगरेको बताउनुभयो । कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई समर्थन गरेको छैन, उहाँले […]

भएरहित वातावरणमा चुनाव गर्न सबै प्रहरी जिम्मेवारीका साथ कार्यक्षेत्रमा जुट्न आईजीपी कार्कीको निर्देशन

भएरहित वातावरणमा चुनाव गर्न सबै प्रहरी जिम्मेवारीका साथ कार्यक्षेत्रमा जुट्न आईजीपी कार्कीको निर्देशन दिएका छन । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका हुन्। निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा […]

अमेरिका र इजरायलको आक्रमण पछी नेपालबाट अन्तरराष्ट्रिय हवाई उडान रद्द

हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण गरेकाेले सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तराष्ट्रिय […]

तेहरान छाडेर अन्यत्र जान राजधानीबासीलाई इरान सरकारको आग्रह

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दालाई सम्भव भएसम्म शहर छाड्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेपछी क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गए भन्दै यस्तो सूचना जारी भएको हो । परिषद्ले जारी गरेको आधिकारिक वक्तव्यमा वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नागरिकहरूलाई “शान्त रहँदै सम्भव भए अन्य शहर वा सुरक्षित […]

रुपन्देही-१ मा आईटी हब स्थापना गर्ने बोहराको प्रतिबद्धता, युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने

रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रज्ज्वल बोहराले युवाहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा जोड्दै स्वरोजगार र आयआर्जनका दिगो अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय बढ्दो बेरोजगारी र वैदेशिक पलायनको समस्या समाधान गर्न प्रविधि नै प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवारी दिएका बोहराले स्थानीय स्तरमै […]

नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको अपील

संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो । सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका […]

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक […]

आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीको लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाकाे लागि क्यानले  २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको उप-कप्तानमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ। बन्द प्रशिक्षणकाे […]

मतपेटिका मतगणना स्थलसम्म नेपाल प्रहरीले नै ढुवानी गर्छ: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । यसपटक मतपेटिका सेनाले ढुवानी गर्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि गृहमन्त्री […]

शुक्रबार रातिबाट मदिरा खरिद बिक्री तथा सेवन निषेध

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ । मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो। फागुन २१ मा हुने प्रतिनिधि सभा […]