शिक्षा

बुद्ध पब्लिकमा खाना महोत्सव, अभिभावक खेलकुद र स्वास्थ्य शिविर

देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा खाना महोत्सव, अभिभावक लक्षित खेलकुद तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयको २४औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको पूर्वार्धमा कार्यक्रम आयोजना गरिएको हो । बुधवार विद्यालयमा अध्ययनरत विद्यार्थीले सिकेको सीप र ज्ञानलाई खाना महोत्सवमार्फत प्रस्तुत गरे । खाना महोत्सव अन्तरगत विद्यालयको कक्षा १० सम्मका चार सदनले सांस्कृतिक […]

ग्रिन प्लान्ट आवासीय मा.विमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

देवदह नगरपालिका-७ मा अवस्थित ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद पन्थीले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेका उपलब्धि सराहनीय रहेको बताउनुभयो। उहाले वार्षिक नतिजा तथा विभिन्न अतिरिक्त क्रियाकलापमा जिल्लाकै उत्कृष्ट बन्न सफल भएको उल्लेख गर्दै विद्यार्थीहरूको लुकेका […]

देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, ग्रीनप्लान्ट प्रथम

देवदह // रुपन्देहीको देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह स्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.को २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि ग्रीन प्लान्ट आवासीय मा.वि.ले हासिल गरेको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले […]

देवदहमा जारी तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पुनः बुद्ध पब्लिकलाई

देवदह। देवदहमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ। फागुन १ देखि ३ गतेसम्म तीन दिन सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले ११ स्वर्ण पदकसहित रनिङ शिल्ड उचालेको हो। देवदह बुद्ध पब्लिक आवासीय माविले कुल ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै समग्रतामा […]

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले दुई दशकभन्दा लामो शैक्षिक यात्रा तय गर्दै २४ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । सानो संरचना र सीमित विद्यार्थीबाट सुरु भएको विद्यालय आज नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार एक सय विद्यार्थीको अध्ययन हुने शैक्षिक संस्थाका रुपमा विस्तार भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल कृष्ण […]

तेह्रौ दीप गाएन तारा भोली देखी सुरु

बुटवलमा रहेको दीप बोडिङ्ग हाई स्कुलले तेह्रौ दिप गायन तारा आयोजना गर्ने भएको छ । रुपन्देहीको सुखानगरस्थित दीप बोर्डिङ हाई स्कुलले आफ्नो ४५ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विविध शैक्षिक, सृजनात्मक तथा सामाजिक कार्यक्रम विहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्राचार्य टिकाराम न्यौपानेले विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा […]

रुपन्देहीका निजी विद्यालयका सञ्चालकलाई जीवन सीप शिक्षाबारे अभिमुखिकरण

रुपन्देही — रुपन्देहीका निजी विद्यालयका सञ्चालक र प्राचार्यहरूका लागि जीवन सीप शिक्षासम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) ले आयोजना गरेको उक्त कार्यक्रम रुपान्तरण, युनिसेफको ई–लर्निङ प्लेटफर्म र फाईट ब्याक परियोजनाको सहकार्यमा सञ्चालन गरिएको हो। जिल्लाका विभिन्न निजी विद्यालयका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा जीवन सीप […]

आईएसएमटी कलेज बुटवलमा होस्पिटालिटी र आईटी क्षेत्र केन्द्रित ‘जब फेयर’ सम्पन्न

बुटवल। लुम्बिनी प्रदेशमै पहिलो पटक स्नातक तहका विद्यार्थीलाई लक्षित गर्दै आईएसएमटी कलेज बुटवलले ‘जब फेयर’ आयोजना गरेको छ। तिलोत्तमा–स्थित कलेजले सोमबार आयोजना गरेको उक्त कार्यक्रम होस्पिटालिटी र सूचना प्रविधि (आईटी) क्षेत्र केन्द्रित थियो। जब फेयरमा बुटवलका १३ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको थियो। जसमा ११ वटा आईटी तथा सफ्टवेयर कम्पनी र २ वटा पाँचतारे होटल […]

देवदहमा साइबर अपराध न्यूनीकरणका लागि विद्यार्थी लक्षित अभियान

रुपन्देहीको देवदह नगरपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर सुरक्षा तथा साइबर अपराध रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। सोहिया महिला स्वावलम्बी संस्थाको आयोजनामा सरस्वती माध्यमिक विद्यालयबाट सुरु भएको उक्त कार्यक्रम नगरपालिकाभित्रका ७ वटा विद्यालयमा चरणबद्ध रूपमा सञ्चालन गरिने गल्स फस्ट फण्ड परियोजना संयोजक निर्मला भण्डारीले जानकारी दिनुभयो। संस्थाको अध्यक्ष केशुमाया श्रेष्ठका अनुसार संस्थाले विशेषगरी इन्टरनेटमार्फत हुने […]

देवदह माध्यमिक विद्यालयको ४२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

देवदह । देवदह नगरपालिका–७ मा अवस्थित देवदह माध्यमिक विद्यालयले आफ्नो ४२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डेको अध्यक्षता तथा देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नम्बर ७ का वडा […]