मौसम

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका […]

लुम्बिनी प्रदेशमा भीषण हावाहुरी, दिउँसै अन्धकार — सतर्कता अपनाउन आग्रह

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार भीषण हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। बुटवलसहित पश्चिमी क्षेत्रमा अचानक आएको हुरीका कारण दिउँसै अन्धकार जस्तै अवस्था सिर्जना भएको छ। मौसम विज्ञान विभागले यसअघि नै दाङ, बाँके लगायत जिल्लामा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो। सोहीअनुसार अहिले ती क्षेत्रमा हल्का वर्षासँगै तीव्र हावाहुरी […]

आज चट्याङ सहित वर्षा हुने, कतै हल्का हिमपात उच्च सम्भावना

आज चट्याङ सहित वर्षा हुने, कतै हल्का हिमपात उच्च सम्भावना रहेकाे छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिको छ […]

शीतलहरले सडक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ । दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताए । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको काफ्लेले […]

चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धा प्रभावित

देशका विभिन्न क्षेत्रमा चिसो बढ्दै गएसँगै बालबालिका र बृद्धावृद्धि बढी प्रभावित भएका छन्। तापक्रम घटेसँगै रुघाखोकी, ज्वरो, निमोनिया, दम तथा जोर्नी दुख्ने समस्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। विशेषगरी बिहान र रातिको समयमा अत्यधिक चिसो हुने भएकाले बालबालिका र बृद्धावृद्धिमा स्वास्थ्य जोखिम बढेको हो। अस्पताल तथा स्वास्थ्य चौकीमा चिसोसम्बन्धी समस्याका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको […]

यलुङ रि हिमालबाट ६ जनाको हेलिकप्टरद्धारा उद्धार

रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिम पहिरोमा परेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ। त्यस्तै दुई विदेशीलाई पनि हेलिकप्टरबाट उपचारका लागि काठमाडौँको इरा इन्टरनेशनल अस्पतालमा लगिएको छ। बेपत्ता अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

तिलिचो बेसक्याम्पमा फसेका ११ जना पर्यटक लाई एपीएफले उद्धार गर्‍यो

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बल को माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ। उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका […]

पहिरोका कारण कोशी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध

बिहीबार साँझबाट सुरु भएको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । निरन्तर आएको वर्षाका कारण पहिरो खस्दा मुख्य राजमार्ग तथा भित्री सडकहरू अवरुद्ध भएका हुन् । मेची राजमार्गको इलाम खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ । जिल्ला […]

सशस्त्र प्रहरीले गर्‍यो अन्नपूर्ण बेसक्याम्पबाट १६२ जनाको उद्धार

सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट आज ९कात्तिक १३० बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा अब कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।“सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेसक्याम्पमा हिउँपहिरो आइरहेको छ,” उनले भने । सशस्त्र प्रहरीको टोली मंगलबार (कात्तिक ११) […]

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने मौसम विभागले जनाएको छ । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी […]