बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गाले प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार साँझ करिब ६ः२० बजे स्थानीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले सोही ठाउँका ३५ वर्षीय सर्वाश बुढामाथि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको […]
पाकिस्तानले अफगानिस्तानको काबुलमा रहेको अस्पतालमा हवाई हमला गरेको छ। सोमबार राति भएको उक्त हमलामा कम्तीमा ४०० जनाको मृत्यु भएको र सयौँ घाइते भएको अफगान अधिकारीहरूले दाबी गरेका छन्। अफगानिस्तानका सरकारी उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार, स्थानीय समयअनुसार सोमबार राति करिब ९ बजे काबुलस्थित २,००० शय्या (बेड) क्षमताको लागूऔषध प्रयोगकर्ता उपचार केन्द्र […]
बुटवल । रुपन्देहीको देवदहमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको देवदह ईकाइ गठन भएको छ । स्थानीय शैक्षिक ब्यक्तित्व होमनाथ ढुङ्गानाको सभापतित्वमा प्रतिष्ठानको देवदह ईकाइ गठन भएको हो । समितिको सचिवमा छमबहादुर अधिकारी (सुरेन्द्र), कोषाध्यक्षमा गोमा बस्याल, सहायकसचिवमा मुन्नी न्यौपाने चुनिनु भएको छ । य स्तै सदस्यहरुमा गोविन्द ज्ञवाली, डा. कृष्ण गैरे, भगवती शर्मा तिवारी, गोमु विक […]
सर्लाहीको रहथवामा स्करपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार साँझ बरहथवा नगरपालिका-१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल सिजेड ०७७७ नम्बरको स्करपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएका बरहथवा […]
पितृशोकमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ केही समयअघिमात्रै आफूले […]
स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था) लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर […]
डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते […]
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको […]
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर नजान अग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको […]
माटोको ढिस्कोले पुरिएर डोटीमा किशोरीको मृत्यु घर लिप पोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी […]