समाज

जन्ती बोकेको कार दुर्घटना हुँदा चालकको मृत्यु

पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब ९ः१५ बजे गण्डक […]

स्याङ्जामा तीन फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तिनजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा अर्जुनचौपारी-५ का ४० वर्षीय प्रेम बहादुर दर्जी, पुतलीबजार-५ सुरौदीका ५८ वर्षीय बुद्दीमान शाही र कटुन्जेचौरका राम बहादुर कामीलाई पक्राउ गरेको हो । दर्जी कर्तव्य ज्यान मुद्दामा, शाही बैंकिङ कसुरमा र कामी बहुविवाहको मुद्दामा फरार अभियुक्त हुन् । उनीहरुलाई अदालतमा पेश गरिएको […]

लगातारको सर्किट ब्रेकपछि सेयर कारोबार रोकियो

सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक ९६ प्रतिशत बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ […]

समानुपातिक तर्फ ५० लाख मतगणना हुदा कुन दलको कति मत ?

समानुपातिक तर्फ ५० लाख मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीले २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ । नेकपा एमालेको ७ लाख १५ हजार २१७ मत छ । त्यस्तै, नेपाली कम्युनिष्ट […]

चुनाव जितेका रवि लामिछाने र टेकबहादुर गुरुङको सांसद पद के हुन्छ ?

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ५४,४०२ मतले बिजयी भएका छन भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका टेकबहादुर गुरुङ मनाङ १ बाट २४१५ मतले बिजयी भएका छन । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको मुद्दा विचाराधीन छ । पुनः निर्वाचित […]

जेनजी आन्दोलनको छानविनबारे कार्की आयोगले सरकारलाई प्रतिवेदन बुझायो

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने, गोली हान्ने तथा त्यसलाई रोक्न नसक्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस […]

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको पहिचान खुलेको छ । नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थालमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको ज्यान गएको हो । उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । २९ वर्षीय उनको नेपाल घर गोरखा हो । दूतावाले उनको पार्थीव शरीर यथाशीध्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण […]

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको हो। साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाउँदै नागरिक तथा बासिन्दाको […]

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

जनता माध्यमिक विद्यालयमा सञ्चालित स्काउट दलको दीक्षान्त समारोह आइतबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका १६ जना छात्र र २२ जना छात्रा गरी कुल ३८ जना तालिमप्राप्त स्काउटहरूलाई औपचारिक रूपमा स्वागत, सम्मान तथा दीक्षित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा ढकाल ले स्काउटिङले परोपकार, अनुशासन र सेवाभाव जस्ता […]

उत्तेजना नफैल्याऔँ, जसको जितहार भए पनि नेपाल नहारोस्-गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरुबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् । आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच बर्षे योजनासहितको मुद्दामा बहस र प्रतिष्पर्धा हुने अपेक्षा आफुले गरेपनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको […]