स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । यद्यपि, सांसद् […]
केशव पराजुली, देवदह // रुपन्देहीको देवदहमा ३ दिने रामनवमी चैतेदशै मेला शुरु भएको छ । भगवान गौतम बुद्धको मावली स्थल भवानीपुरमा विगत लामो समयदेखि ऐतिहासिक रामनवमी मेला लाग्दै आएको छ । कोलिय बुद्धमावली क्षेत्र विकास समितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त मेला शुरु भएको हो । मेलालाई उद्घाटन गर्दैै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले […]
‘सिलाम साक्मा’को सजावटमा बालेनको शपथ कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता बालेन साह शपथ समारोहस्थल प्रवेश गरे। किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा […]
वनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिनुभयो । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा […]
देवदह — देवदह नगरपालिका वडा नं. ७ स्थित देवदह माध्यामिक विद्यालयको व्यवस्थापन समितिको भेला सम्पन्न भएको छ। भेलाबाट अध्यक्षमा सुरज खरेल चयन भएका छन्। समितिका सदस्यहरूमा एमकला अधिकारी, धनबहादुर बिक, जीवन विक्रम कुँवर, पूर्णकला बस्याल, कला राना तथा वडा प्रतिनिधि कृष्णप्रसाद अधिकारी चयन भएका छन्। सदस्य सचिवका रूपमा हरि पाण्डे रहनुभएको छ भने अभिभावक संघको […]
आफ्नै सिटी सफारी ई-रिक्सा चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा सुनसरीमा चालक पक्राउ परेका छन् । प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । किशोरीको किटानी जाहेरीमा आरोपितले धरानस्थित साकेला पार्क नजिकको जंगलमा लगेर हात बाँधेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार […]
नेपाल क्रिकेटले युरोपेली मैदानमा ऐतिहासिक उपस्थिति जनाउने भएको छ । बेल्जियममा आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुने पहिलो ईयू टी-२० बेल्जियम लिगमा नेपालका ८ खेलाडी विभिन्न फ्रेन्चाइज टीममा बिक्री भएका छन् । नेपाल प्रिमियर लिग एनपीएल को उद्घाटन संस्करण विजेता जनकपुर बोल्ट्सले बेल्जियमको जेबी बु्रग्सको फ्रेन्चाइज किनेको थियो । सोही टीमले नेपाली प्रतिभालाई […]
सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
नेपाली बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा ४ सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९२० कायम भएको […]
श्रीमतीको हत्या गरेर आफैले प्रहरी कार्यालयमा श्रीमती हराएको भन्दै निवेदन दिने श्रीमान पक्राउ परेका छन । विराटनगर महानगरपालिका-१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका(१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो । प्रहरीका अनुसार कोमलकुमारीका […]