Home » स्वास्थ
इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको पहिचान खुलेको छ । नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थालमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको ज्यान गएको हो । उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । २९ वर्षीय उनको नेपाल घर गोरखा हो । दूतावाले उनको पार्थीव शरीर यथाशीध्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण […]
ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको हो। साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाउँदै नागरिक तथा बासिन्दाको […]
इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दालाई सम्भव भएसम्म शहर छाड्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेपछी क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गए भन्दै यस्तो सूचना जारी भएको हो । परिषद्ले जारी गरेको आधिकारिक वक्तव्यमा वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नागरिकहरूलाई “शान्त रहँदै सम्भव भए अन्य शहर वा सुरक्षित […]
संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो । सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका […]
इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक […]
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ । मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो। फागुन २१ मा हुने प्रतिनिधि सभा […]
पोखराबाट काठमाडौँ जादैं गरेको यात्रुवाहक बस गएराती धादिङमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा स्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म दुर्घटनामा मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका […]
धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल […]
काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा पसेको चितुवाको उद्धार गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार वनको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो । आइतबार बिहान शहर परेको चितुवाको आक्रमणबाट दुई जना घाइते समेत भएका थिए । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय […]
सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । रक्सीले मातेका वृद्ध पुरुषमाथि एक प्रौढ व्यक्तिले मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उपत्यका ट्राफिक प्रहरी […]