'तीनै सरकारी बैंकका अध्यक्षको राजीनामा, नयाँ सरकारको दबाबपछि पद खाली'

१ मिनेट अगाडि

तीन वटै सरकारी बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीहरूले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुधवार नै राजीनामा बुझाएका छन् ।

नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जनालाई अध्यादेश नै ल्याएर पद मुक्त गरेको थियो । तर, त्यसमा सरकारी बैंकका पदाधिकारीहरू भने परेका थिएनन् । अध्यादेशबाट पदमुक्त नभए पनि सरकारले मार्ग प्रशस्त गर्न भनेपछि राजीनामा बुझाएको स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारको अर्को मुद्दा

बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन, बस्ती खाली नगर्न सरकारसँग माग

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते