'देवदहमा बृहत् रक्तदान कार्यक्रम: ५४ युनिट रगत संकलन'

२ घण्टा अगाडि

रूपन्देहीको देवदहमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्तदान महादान जीवन दान भन्ने मुल नारालाई आत्मसात गर्दै माेहन जिसीकाे अध्यक्षतामा शुभ बिहानी जुम्बा क्लास भलुही, संघार समूह भलुही, लायन्स क्लब अफ देवदह भलुहीको सहकार्यमा बिहिवार उक्त कार्यक्रम गरिएकाे हाे ।

शुभ बिहानी जुम्बा क्लास भलुहीकाे प्रथम स्थापना दिवसकाे अवसर पारेर गरिएकाे उक्त कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, शुभ बिहानी जुम्बा क्लास भलुहीकि प्रमुख प्रशिक्षक मनमाया शर्मा पराजुली, लायन्स क्लव अफ देवदहका द्वितीय उपाध्यक्ष जसु पुन, लायन्स क्लव अफ देवदह डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर शाेभा थापा मगर,लगायतले गरेकाे रक्तदानमा ५४ युनिट रगत संकलन भएकाे नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देहीका अध्यक्ष कृष्ण चाैहानले जानकारी दिनु भयाे ।

संघार समूह देवदहका पुकार केसी र लायन्स क्लव अफ भलुहीकी अध्यक्ष कृष्ण माया रानाकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न प्रहरीलाई सकस- आईजीपी कार्की

ओरालो लाग्दै सेयर बजार, नेप्से २८ सयमुनि

भैरहवा–पोखरा विमानस्थल सुनसान, वैदेशिक व्यापारमा शून्य योगदान

मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते

नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने मुद्दा स् बिहीबारको सुनुवाइ स्थगित

चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु