'भैरहवा–पोखरा विमानस्थल सुनसान, वैदेशिक व्यापारमा शून्य योगदान'

४ दिन अगाडि

नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२र८३ को ९ महिना (साउन–चैत) मा ४६ लाख ५ हजार रुपैयाँ बराबर आयात भएको छ । यो विमानस्थलबाट निर्यात भने शून्य छ ।

उता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि वैदशिक व्यापार नभएको देखिन्छ । विमानस्थलस्थित भन्सार बिन्दुबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गर्छ ।

त्रिभुवन विमानस्थलबाट ९ महिना अवधिमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको १०.५५ प्रतिशत हो । ९ महिनामा कुल वस्तु आयात १४ खर्ब ९० अर्ब बराबर भएको छ ।

यसो विमानस्थलबाट निर्यात व्यापार भने २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । विभागका अनुसार यो कुल निर्यातको ११.९३ प्रतिशत हो ।

विभागका अनुसार चैतसम्म कुल निर्यात २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको भएको छ । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्जबाट हुन्छ । वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र कुल निर्यातको ३५.६९ प्रतिशत व्यापार हुने गरेको तथ्यांक छ ।

तथ्यांक अनुसार वीरगञ्जबाट ६ खर्ब ९४ अर्ब बराबर आयात भएको थियो । निर्यात भने ७९ अर्ब ५५ करोड रुपैयाँ बराबर भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार ४.७४ अर्बमा सीमित

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ