बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ ।
आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0