'स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य'

२ महिना अगाडि

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९-६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए ।

नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय