'मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस उम्मेदवार बिजयी'

३ वर्ष अगाडि

योगेश गौचन थकाली, नम्डु गुरुङ र विकल शेरचन

५ मंसिर, काठमाडौं । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ ।

प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।

मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नम्डु गुरुङ र प्रदेशसभा (२) मा विकल शेरचन विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

सिरहा सीमाबाट करिब ३ लाखका अवैध सामान बरामद

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ३ हजारले सस्तो

विद्यालय भर्ना आजदेखि, पढाइ २१ वैशाखबाट सुरु हुने

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण