'विपिन जोशीको शव आज नेपाल ल्याईदै, विमानस्थलबाट सिधै कञ्चनपुर पठाइने'

६ महिना अगाडि

इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।

विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ ।

धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ ।

विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार ४.७४ अर्बमा सीमित

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ