'प्रधानमन्त्री ओलीको भदौ ३१ मा भारत भ्रमण; मोदी असोजमा नेपाल आउने'

९ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आउँदो भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०८१ साल असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । दुई दिने भ्रमणमा ठूला एजेन्डाहरू नभई दुईपक्षीय हित र सम्बन्धका कुरा हुने बताइएको छ ।

सामान्यतया नेपालमा प्रधानमन्त्री नियुक्त भएको केही समयमै भारतबाट भ्रमणको निम्तो आउने गरेको भए पनि यस पटक ओलीलाइ एक वर्षपछि मात्रै निम्तो आएको हो ।

प्रधानमन्त्री ओलीको यस कार्यकालमा भारतीय प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्क र बिमस्टेक शिखर सममेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा गरी दुई पटक भेटवार्ता भने भइसकेको छ ।

भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री माेदीले पनि असोजमा नेपालको भ्रमण गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार ४.७४ अर्बमा सीमित

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ