'आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोग आग्रह प्रधानमन्त्री, मन्त्रीहरू अनुमति लिएरमात्रै प्रचारमा जान पाउँने'

३ वर्ष अगाडि

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न र उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले पेस गरेको जवाफको आधारमा कारवाही प्रक्रिया अघि बढाइसकेका छौँ । तथ्य र प्रमाण नपुगेको हकमा पुन बुझ्न हामी स्थानीय प्रशासनलाई बुझ्न भनेका छौँ । आचारसंहिता उल्लंघन प्रमाणित भए कारबाही गछौँ । त्यो आयोगको बैठक बसेर निर्णय गर्छ ।’

उहाँले प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएरमात्रै चुनावी प्रचारमा जान पाउने बताउनुभयो । जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने थपलियाले प्रष्ट्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल नियम र उपयोगको कुरा पनि उठायौँ । यो चुनौतीपूर्ण थियो । त्यसकारण अहिले आयोगले समाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेका छौँ । निर्वाचनको बेलामा निहित राजनीति स्वार्थ बोकेकाहरूबाट अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् नहोस् भन्नेबारे आयोग सचेत छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो