राजनीति

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रज्जवल बोहराले सुकुम्बासी समस्याको स्थायी समाधान र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। आज देवदह नगरपालिका–१०, चरङ्गेबाट चुनावी घरदैलो अभियानको औपचारिक शुभारम्भ गर्दै उनले वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित नागरिकहरूलाई जग्गाको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरे। मतदातासँगको भेटघाटमा […]

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

देवदह। प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका हिराबहादुर खत्रीले आफ्नो क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ । रुपन्देही एकका विभिन्न पालिकामा रहेका मतदाता तथा कृषकहरुसँग छलफल, संवाद तथा घरदैलो गर्दै उम्मेद्वार खत्रीले कृषिको प्रचुर सम्भावना रहेको क्षेत्रनम्बर एकलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास […]

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज मङ्गलबार ठप्प पारिएको छ। सरकारी कार्यालयमा कार्यरत कर्मचारीले शान्ति सुरक्षा र मृतक सव-इन्जिनियर यादवलाई सहिद घोषणा गर्न माग गर्दै एक दिनका लागि जिल्लाभरका कार्यालयको कामकाज ठप्प पारेका हुन् । ३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलङ्गवा […]

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई अविलम्ब र बिना शर्त रिहा गर्न माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रसाईंको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको कदम अलोकतान्त्रिक भएको बताएका छन्। उनले लेखेका छन्, “रातिको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ। सरकार देशलाई मुठभेडतर्फ […]

दुर्गा प्रसाईं फेरी पनि पक्राउ, बढीमा २५ दिन प्रहरी हिरासतमा रहने

दुर्गा प्रसाईं फेरी पनि पक्राउ परेका छन । भक्तपुरस्थित आफ्नै निवासबाट हिजो मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ । काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका […]

जनअपेक्षा र युवाको चाहनाअनुसार विकासलाई प्राथमिकता दिने: हिराबहादुर खत्री

रुपन्देही — रुपन्देही जिल्ला क्षेत्र नम्बर–१ का मतदाताहरूले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिराबहादुर खत्रीलाई मतदान गर्ने बताएका छन्। कृषक, व्यवसायी तथा स्थानीय विकासप्रेमी युवा नेताका रूपमा परिचित खत्रीले क्षेत्रको विकास गर्न सक्ने विश्वासका आधारमा आफूहरूले उहाँलाई विजयी बनाउने मतदाताहरूको भनाइ छ। सोमबार तिलोत्तमा नगरपालिकाका वडा नं. १५ र १६ का विभिन्न टोल–बस्तीमा घरदैलो […]

देवदहमा विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाइयो: एमाले नेता दधिराम न्यौपाने

नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले देवदह क्षेत्रको समग्र शैक्षिक विकासका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको प्रक्रियालाई एमाले नेतृत्वको सरकारले प्राथमिकताका साथ अगाडि बढाएको र यसलाई पूर्णता दिन आफूहरू कटिबद्ध रहेको बताउनुभएको छ। देवदह–८ मा आयोजित निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश पलायन भइरहेको वर्तमान चुनौतीलाई […]

रुपन्देही–१ का राप्रपा उम्मेदवार बोहराको ८ बुँदे प्रतिबद्धता सार्वजनिक

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आइतबार आफ्नो ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। धकधईस्थित प्रचार–प्रसार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, समावेशीता र राष्ट्रिय पहिचानलाई प्राथमिकतामा राख्दै चुनावी एजेण्डा सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ठेक्का, बजेट […]

राष्ट्रहित र विकासका लागि नेकपा एमालेको विजय अपरिहार्य: दधिराम न्यौपाने

नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले देश र जनताको हितलाई सर्वोपरि राख्दै कुनै पनि अवस्थामा राष्ट्रको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफू सधैं जनता र देशको सेवामा समर्पित रहने र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा स्पष्ट योजना बनाएर काम गरिने बताएका छन्। शनिबार देवदह–७ मा आयोजित निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालय उद्घाटन […]

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

देवदह । देशको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले निरन्तर संघर्षरत रहेको पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले बताएका छन्। विभिन्न राजनीतिक दलहरूले आफूलाई देशकै शक्तिशाली र देशभक्त शक्ति भन्दै दाबी गर्ने गरे पनि विकास र परिवर्तनलाई संस्थागत गर्ने काम एमालेले नै गरेको उनको भनाइ थियो। शुक्रबार नेकपा एमाले देवदह–९ को निर्वाचन परिचालन तथा […]