देवदह। देवदह नगरपालिका वडा नं. ११ को आयोजनामा वडाभित्रका तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पोशाक वितरण कार्यक्रम गरिएको छ। देवदह ११ वडा कार्यालयकाे आ.व. २०८३/८४ काे स्वीकृत कार्यक्रम अनुसार पहिलाे कार्यक्रम मंगलबार बिहान १० बजे देवदह–११, भूतहवा स्थित सुकुन्धरा देवी आधारभूत विद्यालयमा आयोजना भएकाे हाे ।
विद्यालयमा अध्ययनरत ७२ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयकी अध्यक्ष संगिता चाैधरीले बताउनु भयाे । कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएकी चाैधरीले वडा कार्यालयले गरेकाे कार्यक्रमकाे प्रशंसा गर्दै आगामी बर्षमा पनि सहयाेग पाउने आशावादी रहेकाे बताउनु भयाे ।
“शिक्षा, स्वास्थ्य र समृद्ध देवदहको आधार” भन्ने नारासहित आयोजना भएकाे कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्न र शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने कार्यक्रमका अध्यक्ष तथा देवदह ११ का वडा अध्यक्ष दुधनाथ यादवले बताउनु भयाे ।
विद्यालयका प्रधानाध्यापक काेईल प्रसाद यादवकाे स्वागत तथा देवदह ११ का वडा सचिव बामदेव गाैतमकाे संचालनमा भएकाे कार्यक्रममा देवदह ११ का वडाध्यक्षद्वय राज कुमार केवट, मंगल प्रसाद थारू, सहायक प्रधानाध्यापक बुद्विराम केवट, देवदह १२ का वडा सदस्य तथा विद्यालयका पुर्व अध्यक्ष गाेविन्द तेली, शिक्षक अभिभावक संघका अध्यक्ष सावित्री थारू, पूर्व अध्यक्ष बैजनाथ यादव,शंकर आधारभुत विद्यालयका प्रधानाध्यापक सराेज प्रसाद चाैधरी, ,पूर्व अध्यक्ष बैजनाथ यादव, जनता आधारभुत विद्यालयका प्रधानाध्यापक गणेश सापकोटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।