Pixel wave advertisement

'मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, ३२ वर्षीय युवक पक्राउ'

असोज २७, २०८३

मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार असोज २७ गते बिहान करिब ८:२० बजे सोही स्थानका ३२ वर्षीय अजबिर कामीले ७५ वर्षीय धनबिर कामीमाथि धारिलो हतियार खुडा प्रहार गरेका थिए ।

Advertisement

खुडा प्रहारबाट गम्भीर घाइते भएका धनबिरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Advertisement

घटनापछि फरार भएका अजबिरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा प्रहरीले बिहान करिब ९:३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा उनलाई खुडासहित नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

ओमानमाथी नेपालको ११३ रनको शानदार जित

देवदह- ११ मा विद्यार्थीलाई पोशाक वितरण कार्यक्रम

देवदहमा लायन्स क्लबद्वारा निःशुल्क आँखा परीक्षण शिविर, ४८ जनाले लिए सेवा

रोहितको अर्धशतक र करणको आक्रमक ब्याटिङमा नेपालले ओमनलाई दियो २६४ को लक्ष्य

खगेन्द्र सुनार अडियो प्रकरणः महिला सांसद र बच्चाको तत्काल सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग

कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै ज्यान मार्ने धम्की, पाँच जना पक्राउ

महामाया भवानी माविमा शिक्षक कर्मचारी बिदाइ तथा चाडपर्वको शुभकामना कार्यक्रम

सङ्खुवासभामा गाउँपालिकाको एम्बुलेन्स तोडफोड, १८ र १९ वर्षका तीन युवक पक्राउ