Pixel wave advertisement

'पोखरामा बस दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको मृत्यु, १९ जना घाइते'

असोज २३, २०८३

पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

Advertisement

ओख्ले भीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर घटनाको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा

५५ वर्ष उमेर र ३० वर्षे सेवा अवधि प्रावधानको चर्चा चल्दा संघीय संसद् सचिवालयका ७ कर्मचारीले दिए राजीनामा

काठमाडौं उपत्यकामा आइतबारदेखि ६ स्थानमा ग्यासको विशेष बिक्री र सिलिन्डर साटफेर

पिकअपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, ७० वर्षीया वृद्धा घाइते

चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन, नागरिकलाई सास्ती नदिन आग्रह

नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड पुग्यो

अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रणाली माग गर्दै परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

इनरुवा अस्पतालले भर्ना लिन नमानेपछि महिलाले एम्बुलेन्समै जन्माइन् शिशु