शुक्रबार सेयर बजार परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक १७.१५ अंक बढेको छ ।
यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८३ करोडको भयो ।
आज १८० कम्पनीको मूल्य बढ्दा ८९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो । शुक्रबार सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्यो ।
विकास बैंक ०.६१, फाइनान्स ०.३३, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ०.७४, लगानी ०.१६, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.१७, निर्जीवन बीमा ०.१८, अन्य ०.२८ र व्यापार ०.३७ प्रतिशत बढे ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.९१, सिन्धु विकास बैंकको ४.२२, सोलु हाइड्रोपावर ४.०५, सान्भी इनर्जीको ३.८६ प्रतिशत मूल्य बढ्यो । रिजलाइन इनर्जीको ७.८५, महिला लघुवित्तको २.०९ तथा सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल, बलेफी हाइड्रोपावर क्रमशः अगाडि रहे ।