Pixel wave advertisement

'भोजपुरमा २४४ किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ'

असोज २२, २०८३

भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित युवकलाई पक्राउ गरेको छ ।

Advertisement

हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २ सय ४४ किलो ७ सय ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो । प्रमुख खड्काका अनुसार मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरिएको छ । पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

Advertisement

लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईले जानकारी दिए ।

प्रहरीले जिल्लामा गाँजा खेती तथा यसको ओसारपसार नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत भदौ महिनामा ८२ रोपनीमा लगाइएको ३६ हजार ९० बोट र असोजमा ३४ रोपनीमा लगाइएको नौ हजार पाँच सय ५० बोट गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

मुस्ताङबाट दसैंमा १३ हजार भेडाच्याङ्ग्रा बजार पठाइँदै

त्रिविको ५२ औँ दीक्षान्त समारोहमा ९५ हजारभन्दा धेरै विद्यार्थी दीक्षित हुने

लागि चिटिक्क हुदैछ कृतिपुरको टियु कृकेट मैदान (भिडियाे)

बुद्ध पब्लिकमा इन्टरयाक्ट क्लब गठन: अध्यक्षमा आयुष्मा अर्याल

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका र ओसीम पक्राउ

विद्यालय जाने क्रममा भिरबाट लडेर सल्यानमा १४ वर्षीया छात्राको मृत्यु

२०८३ सालको बडादशैंका साइत सार्वजनिक, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे