'२४ घण्टामा उपत्यकामा २१०५ चालक कारबाहीमा, २६ लाखभन्दा बढी राजस्व सङ्कलन'

७ घण्टा अगाडि

बितेका २४ घण्टामा दुई हजार १ सय ५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय ६४ जनालाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारको अर्को मुद्दा

बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन, बस्ती खाली नगर्न सरकारसँग माग

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते