'पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी'

१ दिन अगाडि

पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट जंगली च्याउ टिपेर पकाएर खानासँगै खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्।

बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। बिरामी हुनेमा हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बु, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बु र ७३ वर्षीया दलमाया लिम्बु रहेका छन।

उनिहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार सबै बिरामीको अवस्था सुधारोन्मुख रहेको छ। प्रहरीले जंगली च्याउ जथाभावी सेवन नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारको अर्को मुद्दा

बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन, बस्ती खाली नगर्न सरकारसँग माग

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते