'मुक्तिनाथ दर्शनबाट फर्किँदै तीर्थयात्रीको लेक लागेर मृत्यु'

१ दिन अगाडि

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–९, भगवानपुरका ८५ वर्षीय चित्रबहादुर मल्लको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीबाट फर्किने क्रममा अचानक श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जोमसोमस्थित प्रदेश अस्पताल पु¥याइए पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

अचेत अवस्थामा अस्पताल पु¥याइएका उनलाई चिकित्सकले मंगलबार दिउँसो मृत घोषित गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए। मृतकसँग रहेका परिवारका सदस्यहरूलाई कुनै समस्या नभएको उनले बतामुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–९, भगवानपुरका ८५ वर्षीय चित्रबहादुर मल्लको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीबाट फर्किने क्रममा अचानक श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जोमसोमस्थित प्रदेश अस्पताल पुर्‍याइए पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मंगलबार दिउँसो मृत घोषित गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए। मृतकसँग रहेका परिवारका सदस्यहरूलाई कुनै समस्या नभएको उनले बताए।

मुस्ताङमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा सिजनल रोगबाट प्रभावित व्यक्तिहरूले प्रतिकूल हावापानीमा यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ। वैशाख महिनामा मात्रै एक भारतीय नागरिकसहित तीन जनाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लामा लेक लागेर ज्यान गुमाउनेमध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने तीर्थयात्री हुने गरेका छन्।

लेक लागेपछि टाउको दुख्ने, थकान र रिङ्गटा लाग्ने प्रारम्भिक लक्षण देखिन्छ। अवस्था गम्भीर हुँदै जाँदा हिँड्न तथा श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र पखाला लाग्न सक्छ। यस्ता लक्षण देखिएपछि तुरुन्तै उच्च स्थानमा जान रोक्ने, आराम गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र आवश्यक परेमा तल्लो क्षेत्रमा झरेर स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकको सुझाव छ।

समयमै उपचार र सावधानी अपनाएमा लेक लाग्ने समस्या निको हुने बताइन्छ। तर हेलचक्र्याइँ गर्दा मस्तिष्क वा फोक्सो सुन्निने जटिल जोखिम हुने चिकित्सकले चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारको अर्को मुद्दा

बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन, बस्ती खाली नगर्न सरकारसँग माग

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते