'भैरहवाको क्यासिनोमा छापा: म्यानेजरसहित १९ नेपाली पक्राउ'

१ दिन अगाडि

भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ नेपाली पक्राउ परेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित यो क्यासिनोमा कानूनविपरीत नेपाली सहभागी भएको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

मंगलबार राति क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको उनीहरुको साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २ सय थान बरामद भएको उनले बताए ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौँ, ललितपुर, गुल्मी, पर्साका एक–एक जना रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारको अर्को मुद्दा

बुटवलमा भूमिहीन सुकुमवासीको प्रदर्शन, बस्ती खाली नगर्न सरकारसँग माग

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते