'विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश'

३१ मिनेट अगाडि

प्रधानमन्त्री बालेन शाहले नेपालले नेपालस्थित विदेशी राजदूत र कूटनीतिक नियोगकमा प्रमुखहरूलाई सरकारको प्राथमकिताबारे जानकारी दिएका छन् । सन्तुलित र व्यावहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने उल्लेख गर्दे १५ वटा सन्देश स्पष्ट रूपमा देखिएका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए ।
सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूतरनियोग प्रमुखहरूको उपस्थिति रहेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजदूतहरूसँग सामूहिक भेटमा प्रधानमन्त्री बालेन शाहले के भने ?

१. प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सबै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ मजबुत, विश्वसनीय र दीर्घकालीन बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
२. आपसी विश्वास, सम्मान र पारस्परिक लाभका आधारमा साझेदारी विस्तार गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाइने उनले बताएका छन्।
३. नेपालले सन्तुलित, स्वतन्त्र र व्यावहारिक वैदेशिक नीति अपनाउँदै आएको उल्लेख गर्दै सबै देशसँग समदूरीमा सम्बन्ध अघि बढाउने नीति कायम रहने बताएका छन्।
४. नेपालको बाह्य सम्बन्ध साझा समृद्धि र सह-विकासको लक्ष्यमा केन्द्रित रहेको र त्यसमार्फत राष्ट्रिय आर्थिक विकासलाई गति दिने रणनीति रहेको उनको भनाइ छ।
५. नेपाललाई निरन्तर साथ र सहयोग प्रदान गर्दै आएका मित्र राष्ट्र तथा विकास साझेदारप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
६. विश्वका विभिन्न क्षेत्रमा जारी द्व’न्द्वले सर्वसाधारण नागरिकलाई गम्भीर असर पारिरहेको भन्दै शान्ति स्थापना सबैको साझा र अपरिहार्य प्राथमिकता हुनुपर्नेमा उनले जोड दिएका छन्।
७. द्व’न्द्व न्यूनीकरण तथा समाधानका लागि अन्तर्राष्ट्रिय समुदायबीच समन्वय, संवाद र सामूहिक प्रयास आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
८. नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न सरकार दृढ रहेको बताएका छन्।
९. नीतिगत सुधार, पारदर्शिता र प्रक्रियागत सहजतामार्फत लगानीकर्ताको विश्वास अभिवृद्धि गरिने उनले स्पष्ट पारेका छन्।
१०. उद्यमशीलता प्रवर्द्धन गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दिगो विकासलाई केन्द्रमा राखेर आर्थिक नीति अघि बढाइने बताएका छन्।
११. नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आर्थिक संरचनामा अझ प्रभावकारी रूपमा समावेश हुने लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।
१२. व्यापार विस्तार, निर्यात प्रवर्द्धन र आर्थिक एकीकरणमार्फत समग्र अर्थतन्त्रलाई सुदृढ बनाइने उनको भनाइ छ।
१३. नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने र स्थिर, पूर्वानुमानयोग्य तथा भरोसायोग्य नीतिगत वातावरण निर्माण गरिने उनले बताएका छन्।
१४. विकास, व्यापार, लगानी, जलवायु परिवर्तन अनुकूलन र जनस्तरको सम्बन्धजस्ता विविध क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सरकार इच्छुक रहेको जानकारी दिएका छन्।
१५. विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, अधिकार र हित संरक्षण सरकारको उच्च प्राथमिकतामा रहने उनले जोड दिएका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने