'देवदहमा साइबर अपराध न्यूनीकरणका लागि विद्यार्थी लक्षित अभियान'

२ महिना अगाडि

रुपन्देहीको देवदह नगरपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर सुरक्षा तथा साइबर अपराध रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। सोहिया महिला स्वावलम्बी संस्थाको आयोजनामा सरस्वती माध्यमिक विद्यालयबाट सुरु भएको उक्त कार्यक्रम नगरपालिकाभित्रका ७ वटा विद्यालयमा चरणबद्ध रूपमा सञ्चालन गरिने गल्स फस्ट फण्ड परियोजना संयोजक निर्मला भण्डारीले जानकारी दिनुभयो।

संस्थाको अध्यक्ष केशुमाया श्रेष्ठका अनुसार संस्थाले विशेषगरी इन्टरनेटमार्फत हुने विभिन्न प्रकारका ठगी, सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र साइबर अपराधका जोखिमबारे सर्वसाधारणलाई सूचित गर्दै आएको छ। प्रविधिको बुद्धिमानीपूर्ण प्रयोग नै समयको माग रहेको चर्चा गर्दै उहाँले सुरक्षाका व्यावहारिक रणनीतिहरूमा जोड दिनुभयो। उहाँको बुझाइमा डिजिटल जगतमा विद्यार्थीहरूको ठूलो हिस्सा संलग्न रहने भएकाले, उनीहरूलाई जिम्मेवार र सचेत बनाउन सके मात्रै एउटा सुरक्षित समाजको परिकल्पना साकार हुन सक्ने बताउनुभयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक प्रतिक्षा कुवरले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले साइबर प्रविधिलाई नकारात्मक रूपमा मात्रै नहेर्न आग्रह गर्दै यसको सकारात्मक प्रयोगमा जोड दिनुभयो। साथै प्रविधि ज्ञानसँगै कानुनी सचेतना पनि आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रहरी सहायक निरीक्षक प्रतिक्षा कुवरले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीहरूलाई सचेत गराउँदै अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण सुरक्षित राख्न र आर्थिक प्रलोभनमा नपर्न आग्रह गर्नुभयो। साथै साइबर अपराध र बालविवाहबीचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक असर, न्यूनीकरणका उपाय तथा विद्यमान कानुनी व्यवस्थाबारे समेत जानकारी दिनुभयो।

कार्यक्रम प्रगति माध्यमिक विद्यालय देवदह–१२ प्रगतिनगर, खड्ग माध्यमिक विद्यालय देवदह–१ बिर्ता, जनता आधारभूत विद्यालय देवदह–११ रेहेरा, भविष्य निर्माण माध्यमिक विद्यालय देवदह–२ ढेकावर, कोटही आधारभूत विद्यालय देवदह–३ शिशपुर र महामाया भवानी माध्यमिक विद्यालय देवदह–४ भवानिपुर मा सञ्चालन हुने जानकारी दिइएको छ।

संस्थाकी अध्यक्ष केशुमाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बाल संगठन रुपन्देहीका कोषाध्यक्ष सुरज भट्टराई, सरस्वती मा.वि को सहायक प्र.अ शोभाखर पाण्डे, संस्थाकी कर्मचारी पुजा बोहरा, विधालयका शिक्षक तथा १ सय ५० बढी विद्यार्थीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन एलिना हमालले गर्नुभएको थियो  ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो