'देवदहमा ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी संचालनमा'

९ महिना अगाडि

देवदह // पहिले नक्कलको रूपमा हेरिने ‘ब्युटी पार्लर’ व्यवसाय आजको दिनमा महिलाको आत्मनिर्भरता र आम्दानीको सशक्त माध्यम बन्न पुगेको छ । यही क्रमलाई अगाडि बढाउँदै देवदह–५ स्थित गोठादीमार्ग जाने बाटोमा ‘ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । आधुनिक सेवा र प्रविधिसहित सुरु गरिएको यो पार्लरले स्थानीय महिलाहरूलाई सौन्दर्य सेवा प्रदान गर्नुका साथै स्वरोजगारको उदाहरण पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सो अवसरमा बोल्दै देवदह नगरपालिकाको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले ग्लो अप ब्युटी पार्लरको उद्घाटनप्रति खुसी व्यक्त गर्दै नयाँ आधुनिक सुविधा सहितको पार्लर सुरु गरेकोमा बधाई दिनुभएको थियो । उहाले महिलाहरूले आत्मनिर्भर भएर व्यवसायमा लाग्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।

ग्लो अपको सञ्चालक सृजना श्रेष्ठले आफ्नो पार्लरमा ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिइने बताउँदै, सौन्दर्य सेवामा गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाइन्। उनले ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमीमा अनुभवी हातहरूमार्फत आधुनिक प्रविधिबाट सेवा प्रदान गरिने समेत जानकारी दिइन् । उनले त्यहा हेयर केयर, स्किन केयर र ब्युटी केयर सम्बन्धि सबै सुविधा रहेका बताईन । जसमा थ्रेडिङ, हेयर कटिङ, स्ट्रेटिङ, कलरिङ, हाईलाईट्स, फेसियल, वाक्सिङ, मेनी केयर, पेडी केयर, मेकअप, मेहेन्दी, नेल आर्ट, क्लिन अप, ब्राइडल मेकअप लगाएतका सेवा रहेको छ । यस पार्लरमा ट्रेनिङहरु समेत दिईने श्रेष्ठले जानकारी गराईन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो