'नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी'

१ वर्ष अगाडि

हामी नेपाली चेतनागत हिसाबले कमजोर हौं या आर्थिक हिसाबलेरु खासमा यी दुबै प्रश्नको एउटै जवाफ हो ।

शिक्षा : सायद शिक्षानीति बलियो हुँदो हो त चेतना अनि आर्थिक स्तर पक्कै पनि कमजोर हुने थिएन होला । नेपालको शिक्षा अवस्था हेर्ने हो भने लामो समयसम्म गृह-विद्यालय र गुरुकुलहरुमा आधारित रहेको थियो। सन् १८५४ मा जंगबहादुर राणाद्वारा पहिलो औपचारिक विद्यालय दरबार हाई स्कुलको स्थापना गरिएको थियो जुन त्यस समयमा धनि राणा वर्गको लागि मात्र खुला राखिएको थियो।

सन् १९५१ मा नेपालमा प्रजातन्त्र आएपछि यसमा साधारण व्यक्तिको बच्चाहरुको समेत प्रबेश दिन थालिएको हो । नेपालको वर्तमान समयको प्राथमिक विद्यालयदेखि लिएर विश्व विद्यालय स्तरसम्मको शिक्षालाई भारतीय शिक्षा प्रणाली अनुसार गरिएको छ, जुन ब्रिटिस राजको विरासत हो। हामीसगँ नेपालको साक्षरता दर र चेतना स्तरका विभिन्न तथ्याङ्क भेटाउन सक्छौं । जहाँ, साक्षरता पहिलाको तुलनामा धेरै सुधार भएको छ तर प्रयाप्त छैन। वास्तवमा शिक्षा अनुसारको चेतनाको विकास पनि हुनुपर्ने हो तर सरकारको दाबी अनुसार शैक्षिक गुणस्तर बढेको मान्न नसकिने शिक्षाविद् तथा लेखकहरुको तर्क छ ।

सामाजिक संजाल, संचारमाध्यमको पहुँच, ईन्टरनेटको पहुँच संगै समाजमा भईरहेका हरेक गतिविधि क्षण भरमा नै मासमा पुग्छन्। त्यसको प्रभाव पनि स्वभाविक रुपमा बृहत रुपमा हुने गर्छ। कुनै एउटा घटनालाई आधार मानेर भन्ने हो भने पनि संवेदनशिल र कानुनले अपराध मानेका घटनाहरु बाहिरिएपछि पक्ष विपक्ष स्पष्ट रुपमा छुटिन्छ तर आरोपितभन्दा पीडितहरुको चरित्रमा विभिन्न लाञ्छना लगाउँदै सार्वजनिक रुपमा हिंसा सुरु हुन्छ। जब यस्ता विषयहरुले उग्र रुप लिन्छ तब हाम्रो समाजको चेतनाको स्तर, शैक्षिकस्तरमा पनि प्रश्नचिन्ह उठ्ने गर्छ। पाठ्यक्रमबाटै समानताका कुरा, महिला हिंसा सम्बन्धि जानकारी, कानुनबारे बालबालिकालाई शिक्षा दिनकै लागि पनि हामिले हाम्रो शिक्षा प्रणाली सुधार गर्नुपर्ने देखिन्छ।

नेपालको स्वास्थ्य अवस्था : स्वास्थ भन्ने शब्द मानिस जन्मेदेखी नमरेसम्म जीवनको हरेक पक्षसगँ सम्बन्धित छ। स्वास्थ व्यक्तिले नै आफ्नो परिवारको समुदाय र राष्ट्रका लागि केही गर्नसक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ। विश्व स्वास्थ्य संगठनको नारा “स्वास्थ्य नै धन हाे” पनि प्रष्ट गर्दछ, मानिसको सबैभन्दा बहुमुल्य सम्पत्ति नै स्वास्थ्य हो।

एउटा समय थियो, झाडापखाला, झाडा वान्ता लागेर थलिएका विरामीहरुलाई पानीको थोपा समेत खान दिईदैन्थ्यो। धामी झाक्री देखाईन्थ्यो। बिरामी निको गराउने निहुँमा कालो बोका, कालो कुखुरा मन्साईन्थ्यो र भुत, प्रेत, भैरव, बोक्सी आदि नानाभातिलाई पन्छाईन्थ्यो। तर रोग रोगीसगैँ। पखालाका विरामीलाई पानी नदिने यस्तो प्रथा एक दुई दशक अगाडि सम्म पनि नेपालमा छ्यापछ्याप्ती थियो। वास्तवमा झाडापखाला लागेका विरामीलाई बढिभन्दा बढि पानीको आवश्यकता पर्छ। तर उसैलाई पानीको थोपा समेत खान नदिनु, परम्परागत अन्धविश्वासको उपज हो र सगँसगैँ चेतनाको कमि। यो त एक उदाहरण मात्र हो।

अझ पनि गाउँघरमा टाउको दुखेमा वा सामान्य विसन्चो भएमा फलानिले हेरेकी थिई, के टुनामुना गरिदिई र यस्तो भयो भन्ने अन्धविश्वासी जमात जिवित छ । हुन त बिगतमा जस्तो अति अन्धविश्वास अहिले छैन, बिस्तारै हट्दै अनि घट्दै गएको छ। तर पुराना रुढीबादी परम्पराप्रतिको विश्वास पूर्णत: नहटेकै कारणले गर्दा यस्ता परम्परागत अवैज्ञानिक उपचार पद्वति तिर मानिसको मन गएको हो। अझै पनि बिरामी हुँदा अस्पताल नगई धामी, झाँक्री, लामाकहाँ झारफुल गर्न धाउने र रोग निको हुने आशा गर्ने व्यक्ति सयौं छन्। यस्तो विगतको तुलनामा फड्को नै मारेको मान्नुपर्छ । किनकि झाडापखाला लाग्दा पानी खान हुन्न भन्ने समाज आजभोलि झाडापखाला लागेमा जीवनजल खानुपर्छ भन्ने सबैजसोले बुझेका छन्। तर गहन अध्ययनको विषय यो पनि छ कि, के नेपालमा स्वास्थ्य सुविधा आम नागरिकको पहुँचमा छ त ?

राजनितिक नेतृत्व / राजनितिक अस्थिरता : नेपालको राजनीति लामो समयदेखि अस्थिर रहँदै आएको छ । अत्यन्त अल्पअवधिमा सरकार परिवर्तन भईरहेको छ । नेपालि राजनितिको बिशेषता नै अत्यन्त छिटो सरकार गठन र विघटन हुनु हो। सर्वप्रथम नेपालको मिश्रित निर्वाचन प्रणाली नै अस्थिरताको स्रोत बनेको छ । नेपालको राजनीतिक प्रणाली अत्यन्त खर्चिलो बनिरहेको छ । चुनाबको बेलामा अनेकौं घोषणा पत्र प्रकाशन गरि जनतामा भ्रम फैलाउने काम नभएका पनि होईनन्। पानी जहाज, घर- घरमा ग्यास, स्विजरल्यण्ड, आर्थिक राजधानी,
फ्रि भिजा-फ्रि टिकट, कृतिपुरकाे डाँडाँमा ल्याप्टपबाट महिनाकाे ३/४ लाख कामउने IT संग सम्बन्धि विषयवस्तु वास्तवमै यी कुराहरु असम्भव थिएनन् तर नेताको बोली र जनतामा पनि मजाकी प्रवृत्तिकै कारण हामी हाम्रो देशलाई विकासित गर्न सकेका छैनौं।

यो युग नै विज्ञान र प्रविधिको युग हो। पहिला डन्डिबियो र गुच्चा खेल्ने बच्चा आज भोलि PUBG र FreeFire खेल्ने भएका छन यो पनि विज्ञान र प्रविधि कै उपज मान्न सकिन्छ। यसैलाई पनि सकारात्मक ढङ्गले सोच्ने र बुझ्ने हो भने, यो पनि नराम्रो पक्कै हैन। हरेक चीजका आफ्नै गुण अनि अवगुण हुन्छन् यहि र गलत छुट्टाउने सामर्थ हामिमै हुनुपर्छ । हरेक कुराको नकारात्मक पक्ष औल्याउँदै हेर्ने हो भने त त्यो सुन्दर देखिने चन्द्रममा पनि नराम्रो दाग भेटिन्छ। बंगलादेश, भारत, अमेरिका जस्ता देशहरु आगाडी बढ्नुको कारण यहि प्रविधि हो। यहि प्रविधिका कारण ती देशहरुले फड्को मारेर महिनौ अरबौको नाफा लिन सक्ने भैसके तर हामी नेपालिहरुमा अरुलाई निच देखाउने र मजाकी प्रवृत्तिकै कारण आज हामी धेरै पछाडि धकेल्लिएका छौँ ।

-लेखक निता भण्डारी बुटवलमा स्नाकाेत्तर पढ्दै विभिन्न समसामुहिक विषयवस्तुका केन्द्रित रहेर कलम चलाइदै आउनुभएकाे छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो