'‘मुर्दाघर’ नाट्यकृतिको लोकार्पण समारोह सम्पन्न'

२ वर्ष अगाडि

नेपाली साहित्यको चर्चित कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’को लोकार्पण समारोह सम्पन्न भएको छ । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको चौथो वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा नाट्यकृति ‘मुर्दाघर’को मंगलबार एक कार्यक्रममा बिच लोकार्पण गरिएको हो।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान् गुरुङले उक्त कृति लोकार्पण गर्दै साहित्य सिर्जना गर्दै बाँच्नुले जीवनलाई गहिरो अर्थ दिने र आनन्दमयी बनाउने कुरा प्रष्ट्याउनुभएको थियो । उहाँले साहित्यिक कार्यक्रमहरूले आफ्नो मनलाई सधै आकर्षित गर्ने बताउँदै साहित्यको मर्म बुझ्न र आस्वादन गर्न कृतिको रसमा भावनात्मक रूपमा डुब्नुपर्नेमा जोड दिनुभयो ।

‘मुर्दाघर’को समीक्षा गर्दै प्रा डा. रामचन्द्र पोखरेलले उक्त कृतिलाई नाट्य संरचना, भाषाशैली, र सन्देशको दृष्टिकोणले सशक्त रहेको स्पष्ट पार्नुभयो।

सोही अवसरमा छन्दनायक माधव वियोगीले अर्याललाई एक सबल कविका रूपमा चिनाउँदै, छन्दमा कविताहरू सिर्जना गर्न सक्ने विशेष प्रतिभा भएको बताउनुभयो । उहाँले अर्याललाई अनेक विधाहरूमा ध्यान नदिन सुझाव दिँदै, एकै विधामा विशिष्टता हासिल गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कवि अर्यालले फरक-फरक छन्दमा आधारित आफ्ना कविता वाचन गर्दै साहित्यिक माहोल सृजना गर्नुभएको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष महाकाव्यकार छन्दिका त्रिपाठीको अध्यक्षता, उपाध्यक्ष अम्विका भण्डारीको स्वागत र सचिव लक्ष्मी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो