'कृतिका मरासिनीकाे ह्याट्रिक विकेटमा ललितपुर-११ काे विजयी सुरुवात'

२ वर्ष अगाडि

ललितपुर वुमन्स चाम्पियन्ससिप २०२४ को पहिलो खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराउँदै ललितपुर-११ ले विजयी सुरुवात गरेको छ ।

५३ रनको लक्ष्य पछ्याएका ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरकी क्याप्टेन पूजा महतो ३० बलमा ३ चौकासहित २३ रनमा नट आउट रहिन् ।

लक्ष्मी चौधरी ७ बलमा ३ चौकासहित १२, किरण कुँवर र सरस्वती घर्तीमगर ६-६ रनमा आउट भए । बागमतीको खुसी डंगोलले १ मात्रै विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती प्रदेश १४.२ ओभरमा ५२ रनमा अल आउट भएको थियो । बागमतीकी कप्तान अश्मिना कर्माचार्यले २६ बलमा ३ चौकासहित सर्वाधिक २० रन बनाएकी थिइन् । कञ्चन श्रेष्ठ ११, हेलिसा गुरुङ ५ र खुसी डंगोलले ६ रन बनाइन् ।

कृतिका मरासिनीले १२ औं ओभरको चौथो बलमा खुसीलाई बोल्ड, पाँचौं बलमा विपिशा शाहीलाई क्याच र छैटौं बलमा मनिषा उपाध्यायलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । १४ औं ओभरको पहिलो बलमा अश्मिना कर्माचार्यलाई बोल्ड गर्दै लगातार चार बलमा चार विकेट पूरा गरेकी थिइन् ।

ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । पूजा महतोले ३.२ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । आइतबार पहिलो खेलमा ललितपुर ११ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कोशी र एपीएफ भिड्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो