'पाल्पा २ बाट संसदीय राजनीतिमा उदाए ठाकुरप्रसाद'

३ वर्ष अगाडि

रुपन्देही । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै सफल भएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरसँगै जित हासिल गरेका छन् ।

उनको क्षेत्रमा स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा करिब ५ हजार एमाले पछाडि रहेको थियो तर अहिलेको नतिजाले उनले त्यो मतबाटै आफूलाई सुरक्षित बनाएका छन् । एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे जितसँगै गठबन्धनभित्र इमान्दारिता नदेखिएको नेकपा एसकै नेताकार्यकर्ताले सामाजिक सन्जालमा लेख्न थालिसकेका छन् ।

५४ हजार मत खसेको यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले २७ हजार ८१७ मत प्राप्त गरेर विजयी भएका छन् भने गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाएका छन् ।

लामो समय यो क्षेत्रबाट विजय हुँदै आएका सोमप्रसाद पाण्डेकै कारण ठाकुरले अवसर नपाएको गुनासो आएको बेला पाण्डेले पार्टी छाडेपछि गैरेले क्षमता देखाउने अवसर पाएका छन् ।
२०४४ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, त्यसपछि क्रमशः लुम्बिनी अञ्चल कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय कमिटी सचिव, केन्द्रीय कमिटी महासचिव भएका गैरे २०६३ मा अनेरास्ववियुको पहिलो निर्वाचित केन्द्रीय कमिटी अध्यक्ष भएका थिए । आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भई पाल्पा र गुल्मी जिल्लाको इन्चार्ज भएका गैरे नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएसँगै कृषि तथा भूमिसुधार विभागको प्रमुख बने । हाल पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज हुन ।

निःशुल्क शिक्षा र स्वास्थ हुनुपर्ने अभियान तथा विद्यार्थीलाई गाडी भाडा सहुलियत दिलाउने नीति ल्याउन प्रमुख भूमिका निर्वाह गरेका ठाकुर गायक प्रवीण गुरुङको हत्यापछि उनको न्यायका लागि अनेरास्ववियुले ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी ज्ञापनपत्र राजा वीरेन्द्रलाई बुझाएपछि राजाले पहिलोपटक अनेरास्ववियुलाई चिट्ठीमार्फत सम्बोधन गरेका थिए ।
नेपालको सीमा रक्षाका लागि पहिलोपटक काठमाडौंदेखि कालापानीसम्म मार्चको नेतृत्व तथा सुस्ता नेपालको हो भन्दै सुस्ता बचाउ आन्दोलन, तिलाठी नेपाल, महेशपुर बचाउ अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । भ्रष्टाचारविरोधी, राष्ट्रियता, लोकतन्त्र, जातीय छुवाछुतविरुद्धका आन्दोलनको नेतृव्वदायी भुमिका निर्वाह गर्ने गैरेले नेपालको संस्कृत विश्वविद्यालय वाल्मीकि क्याम्पस काठमाडौंमा महिला तथा दलित जनजातिहरुले पनि पढ्न पाउने व्यवस्था ल्याउन महत्त्वपूर्ण भूमिका गरेका थिए । भारतीय नाकाबन्दीविरुद्धको आन्दोलन, एनसेल करछली प्रकरणविरुद्ध समेत सशक्त आवाज उठाउन सफल गैरे तीन दशकभन्दा लामो विद्यार्थी र पार्टी राजनीतिको अनवरत यात्रासँगै संसदीय राजनीतिमा पहिलो पटक उदाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत